दफा १३
दर्ता किताब राख्नु पर्ने
(१) प्रतिष्ठानमा काममा लगाउने बालकको सम्बन्धमा व्यवस्थापकले
देहायका कुराहरु खुलाई एउटा दर्ता किताब राख्नु पर्नेछः–
(क) बालकको नाम र ठेगाना,
(ख) बाबु, आमा वा संरक्षकको नाम र ठेगाना,
(ग) जन्म मिति वा उमेर,
(घ) काममा लगाएको मिति,
(ङ) कामको प्रकृति,
(च) काम गर्नु पर्ने समय,
(छ) आराम गर्ने समय,
(ज) पारिश्रमिक तथा अन्य सुविधाहरु, र
(झ) तोकिए बमोजिमको अन्य कुराहरु ।
(२) उपदफा (१) बमोजिमको दर्ता किताब श्रम कार्यालयबाट खटी आएको कर्मचारीले मागेको बखत प्रतिष्ठानले हेर्न दिनु पर्नेछ ।